सिद्धार्थ बैंकको लाभांश सेयरधनीहरूलाई दिने घोषणा - Chaitanya News
  • 2026-04-30
  • 07:18:21
  • बिहिबार,बैशाख १७, २०८३
  • सिद्धार्थ बैंकको लाभांश सेयरधनीहरूलाई दिने घोषणा

    सिद्धार्थ बैंकको लाभांश सेयरधनीहरूलाई दिने घोषणा

    काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    गत वर्ष बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।