संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै,यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 12:20:52
  • शुक्रबार,जेठ ०१, २०८३
  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै,यस्ता छन् कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै,यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बिहीबार) संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक बस्ने तय भएको छ। जसअनुसार, बिहान ११ बजे  प्रतिनिधि सभाको बैठक बस्ने छ भने, १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने छ ।

    आज बस्ने प्रतिनिधि सभाको बैठक अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

    त्यस्तै, बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८) श्रावण २०८१ आषाढ पेस गर्नेछन्।

    त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    राष्ट्रिय सभा बैठकका लागि पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने छन्।