काठमाडौँ– आज (बिहीबार) देशका केही भू–भागमा बिहिवार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विज्ञान विभागले जनाएको छ। तर अधिकांश स्थानमा भने मौसम सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज कोसी र गण्डकी प्रदेशका केही उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ। काठमाडौँमा आज दिउँसो मुख्यतया मौसम सफा रहने छ। तराईका केही स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ । तर, क्षति पुर्याउने खालको ठूलो हावाहुरी भने नचल्ने महाशाखाले जनाएको छ।
यस्तै, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सम्भावित क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ।