‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’: प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-05-15
  • 12:20:52
  • शुक्रबार,जेठ ०१, २०८३
  • ‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’: प्रधानमन्त्री ओली

    ‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’: प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टने बताएका छन् । ष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरे।

    यस्तै उनले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए।

    ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निःशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’