कर्मचारी ट्रेड युनियन सञ्जालले निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पुष्पकमल दाहाल  ‘प्रचण्ड’ समक्ष बुझायो - Chaitanya News
  • 2026-08-23
  • 09:59:54
  • आइतबार,भाद्र ०७, २०८३
  • कर्मचारी ट्रेड युनियन सञ्जालले निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पुष्पकमल दाहाल  ‘प्रचण्ड’ समक्ष बुझायो

    कर्मचारी ट्रेड युनियन सञ्जालले निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पुष्पकमल दाहाल  ‘प्रचण्ड’ समक्ष बुझायो

    काठमाडौँ– संयुक्त कर्मचारी ट्रेड युनियन सञ्जालको प्रतिनिधिमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन्।

    सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा सञ्जालका साझा धारणाको रूपमा मागपत्र बुझाएका हुन्।

    निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ। उक्त विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो।

    कर्मचारीहरूको माग पत्र बुझ्दै ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघियताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाह गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन्।

    निजामती विधेयक अगाडि बढाउँदा कर्मचारीको वृतिविकास तथा पेशागत अधिकार थप व्यवस्थित गर्न पार्टीको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।