दशरथ चन्द विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित - Chaitanya News
  • 2026-09-29
  • 19:41:52
  • मंगलबार,आश्विन १३, २०८३
  • दशरथ चन्द विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

    दशरथ चन्द विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

    काठमाडौँ– सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ।

    समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए। ‘समितिबाट पारित गर्‍यौं। अब प्रतिनिधि सभामा जान्छ। सभाले पारित गर्न बाँकी छ’, सभापति थापाले भने।

    विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने उनले बताए।