संघीय निजामती सेवा विधेयकमा टुंगिन बाँकी ४ विषय, पेचिलो बन्यो ट्रेड युनियन - Chaitanya News
  • 2026-05-23
  • 23:43:30
  • शनिबार,जेठ ०९, २०८३
  • संघीय निजामती सेवा विधेयकमा टुंगिन बाँकी ४ विषय, पेचिलो बन्यो ट्रेड युनियन

    संघीय निजामती सेवा विधेयकमा टुंगिन बाँकी ४ विषय, पेचिलो बन्यो ट्रेड युनियन

    काठमाडौं– संघीय निजामती सेवा विधेयक सहमति नजिक पुगेको छ। तर, चार वटा विषयमा भने अन्तिम टुंगो लाग्न बाँकी छ।

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका अनुसार अवकाशको उमेर ६० वर्ष पुर्‍याउनेमा सहमति भएको छ। हाल अवकाशको उमेर ५८ वर्ष छ। ५८ वर्षबाट सिधै ६० वर्ष पुर्‍याउने कि ६–६ महिना वा एक–एक वर्षको अवधिमा लागू गर्दै जाने भन्नेमा टुंगो लागेको छैन।

    लोकसेवा आयोगले सिधै ६० वर्ष लागू गर्ने सुझाव दिएको छ। तर, सांसदहरूले विधेयक ऐनमा रुपान्तरित भएको पहिलो वर्ष ५९ र दोस्रो वर्ष ६० वर्षमा अवकाशमा जाने गरी व्यवस्था राख्नु उचित रहेको बताउँदै आएका छन्।

    टुंगिन बाँकी अर्को विषय हो( अतिरिक्त सचिव राख्ने कि नराख्ने ? यो विषयमा संसदीय उपसमितिले लोकसवा आयोग र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको राय मागेको छ।

    लोकसेवा आयोग र कानुन मन्त्रालयको राय पाएपछि अतिरिक्त सचिवको विषयमा ठोस सहमतीमा पुगिने सांसदहरू बताउँछन्।

    २०४६ साल अगाडि छोटो अवधि र २०४९ सालदेखि २०५९ सालसम्म दश वर्ष निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थियो। त्यसयता, अभ्यासमा नरहेको यो व्यवस्था पुनः व्युँताउन लागिएको हो।

    पञ्चायतकालमा छोटो अवधिमा अभ्यासमा रहेको यो व्यवस्थालाई २०४९ सालदेखि दश वर्षसम्मको संवैधानिक तथा सक्रिय राजतन्त्रकालमा अंगीकार गरिएको थियो। त्यसयता अभ्यासमा नरहेको यो व्यवस्था २२ वर्षपछि पुनः ब्युँताउन लागिएको हो।

    निजामती विधेयकमा टुंगिन बाँकी तेस्रो विषय हो( सचिव, मुख्यसचिवको कार्यअवधि कति वर्ष राख्ने ?

    हाल मुख्य सचिवको कार्यकाल ३ वर्ष र सचिवको कार्यकाल ५ वर्ष छ। यसलाई घटाएर मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको कार्यकाल ३ वर्ष राख्ने प्रस्तावमाथि छलफल छ।

    यसैगरी संसदीय उपसमिति ट्रेड युनियनको विषयमा पनि सहमतीमा पुगिसकेको छैन।