आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 12:30:37
  • शुक्रबार,जेठ ०१, २०८३
  • आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) एकै दिन पाँच संसदीय समितिहरूको बैठक बस्ने भएको छ। जसअनुसार, बिहान ८ बजे देखीबस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोबैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिबारे विज्ञ, सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल हुँने कार्यसूची रहेकोछ।

    त्यस्तै, बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति र आगामी आर्थिक वर्षको कार्यक्रम, योजना तथा रणनीतिबारे छलफल हुनेछ।

    यसैगरी, बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

    दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यक्रम रहेको छ।