काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ। हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने तालिमको मोडल परिवर्तन गर्न लागेको शिक्षा मन्त्री भट्टराईले बताइन्।
त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक तयारी गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ। शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्न आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्न लागिएको बताइन्।
तालिमका लागि बजेट पनि तल जान्छ । प्रदेशमा तालिम पनि हुन्छ। तर, तालिमको प्रभावकारिता छैन। तालिम परम्परागत मोडलका छन्। यो मोडल परिवर्तन गर्नुपर्छ भनेर शिक्षकहरूको सर्भे गरिरहेका छौँ। सर्भे पछाडि शिक्षकहरूसँग राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ। त्यो डायलगपछि तालिमको मोडालिटीको छिनोफानो गर्छौ,’ मन्त्री भट्टराईले भनिन्।
त्यो कामको सुरुवात गरिएको बताउँदै चाडै नै शिक्षकहरूलाई प्रदान गरिने तालिमको मोडालिटी तयार हुने बताइन्। अब शिक्षक भनेको शिक्षक नै हुनुपर्ने उनको भनाइ छ। पेसागत दायित्व पुरा गरेर अघि बढ्नुपर्ने बताउँदै अब राजनीतिकतिर भन्दा पनि आफ्नो जिम्मेवारीमा ध्यान दिन आग्रह गरिन्।
शिक्षकहरूको चेतनालाई पेशासँग, ज्ञानलाई पेशासँग जोड्न खोजिएको बताइन्। पेसालाई मर्यादित बनाउन नसक्दासम्म समाजलाई प्रतिस्पर्धी बनाउन नसकिने बताइन्।