प्रि–बजेट छलफल: प्रचण्डले ३ महिना अघि सारे, ओलीले पुरानै अवस्थामा फर्काए - Chaitanya News
  • 2026-05-15
  • 13:37:29
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रि–बजेट छलफल: प्रचण्डले ३ महिना अघि सारे, ओलीले पुरानै अवस्थामा फर्काए

    प्रि–बजेट छलफल: प्रचण्डले ३ महिना अघि सारे, ओलीले पुरानै अवस्थामा फर्काए

    काठमाडौं– आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)मा छलफल सम्बन्धी प्रावधान पुरानै अवस्थामा फर्किएको छ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याएर संसदमा प्रिबजेट छलफल ३ महिनाअघि गरिसक्नुपर्ने प्रावधान लागू गरेको थियो।

    त्यसअनुसार प्रिबजेट छलफल संसदमा फागुनमै भएको थियो। १५ फागुन २०८० मा तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकत प्रस्तुत गरेका थिए। त्यसबेला वर्षे अधिवेशनमै चैतको पहिलो साता संसदमा प्रिबजेट सकिएको थियो।

    प्रिबजेट छलफलमा सांसदहरूले उठाएका विषयहरुलाई बजेटमा समावेश गर्ने सुनिश्चितताका सम्बन्धमा फागुनै सभामा छलफल गर्ने व्यवस्था गरिएको त्यसबेला भनिएको थियो।

    तर, हाल यस्तो व्यवस्था हटाएर सरकारले १५ दिन अगाडि प्रिबजेट छलफल सके हुने पुरानै अवस्था ब्युताएको छ।