हावाहुरीका कारण स्थगित तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै - Chaitanya News
  • 2026-06-06
  • 01:06:21
  • शुक्रबार,जेठ २२, २०८३
  • हावाहुरीका कारण स्थगित तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै

    हावाहुरीका कारण स्थगित तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै

    बुटवल– हावाहुरीका कारण स्थगित भएको २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज बिहान हुँने भएको छ।

    एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार दिउसो सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच भएको खेल मध्यान्तरपछि ६ मिनेट खेलेर स्थगित भएको थियो। निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो हाफको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

    दोस्रो हाफ शुरु भएसंगै हावाहुरीले खेल खेलाउन असहज भएपछि खेल स्थगित गर्ने निर्णय भएको थियो।

    आज आईतबार दिउंसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्वायज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिच दोस्रो खेल हुने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

    चैत १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार र उपविजेता टिमले ६ लाख, ६६ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन्।

    यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिने प्रतियोगिताका सहसंयोजक सुजन पुनले बताए।

    प्रतियोगितामा भारतका दुई र नेपालका दुई विभागीय सहित ८ टिमले भाग लिएका छन्।