काठमाडौँ– जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ आज (आइतबार) विश्व मौसम विज्ञान दिवस विश्वभर मनाइँदै छ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने संकटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसंघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ।