काठमाडौँ– आज (आइतबार) दिउँसो सवा १२ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसै गरी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देश (पहिलो संशोधन) विधेयक, निजीकरण विधेयक र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।