कर्मचारी सञ्चय कोषद्धारा आठौंदेखि पाँचौं तहमा ३८ कर्मचारीको माग - Chaitanya News
  • 2026-07-09
  • 00:55:53
  • बुधबार,आषाढ २४, २०८३
  • कर्मचारी सञ्चय कोषद्धारा आठौंदेखि पाँचौं तहमा ३८ कर्मचारीको माग

    कर्मचारी सञ्चय कोषद्धारा आठौंदेखि पाँचौं तहमा ३८ कर्मचारीको माग

    काठमाडौँ– कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि ३८ जना कर्मचारीको माग गरेको छ।

    आज (शुक्रबार) कोषले एक सूचना जारी गर्दै आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो।

    प्रबन्धक एक जना, उप प्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने छ।