काठमाडौँ– ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतबाट पारित भएको छ। सांसदहरूले राखेका संशोधनमाथि दफाबार छलफलपछि विधेयक बहुमतले पारित भएको हो।
दफाबार छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका थिए। सरकारले गत माघमा ल्याएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन( अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्ने विधेयकका रूपमा यो विधेयक ल्याएको हो।