काठमाडौं– जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ। प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ।
जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ।
यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए।
आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।