काठमाडौँ– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने तय भएकोछ । खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। आज लिगमा अपराजित नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग खेल्दै छ।
जारी प्रतियोगितामा पुलिस अपराजित रहँदै ६ जितका साथ १२ अंकसहित शीर्ष स्थानमा छ। बागमती प्रदेशले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ।
यस्तै, आजै अर्को खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि नै शुरु हुनेछ।