प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने - Chaitanya News
  • 2026-05-15
  • 13:37:35
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौँ– सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्।

    आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।

    आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ।