शिक्षक सेवा आयोगको रिक्त सदस्यमा दुई जना नियुक्त - Chaitanya News
  • 2026-07-17
  • 07:34:58
  • शुक्रबार,साउन ०१, २०८३
  • शिक्षक सेवा आयोगको रिक्त सदस्यमा दुई जना नियुक्त

    शिक्षक सेवा आयोगको रिक्त सदस्यमा दुई जना नियुक्त

    काठमाडौँ– शिक्षक सेवा आयोगको रिक्त सदस्यमा दुई जना नियुक्त भएका छन्। चैत चार गते बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरूमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो।