राजेन्द्र लिङ्देन र कमल थापाले राजाका नाममा धेरै ठुलो राजनीति गरे : दुर्गा प्रसाईं - Chaitanya News
  • 2026-05-15
  • 13:43:58
  • शुक्रबार,जेठ ०१, २०८३
  • राजेन्द्र लिङ्देन र कमल थापाले राजाका नाममा धेरै ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

    राजेन्द्र लिङ्देन र कमल थापाले राजाका नाममा धेरै ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

    काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको आरोप लगाएका छन्। आज (बुधवार) पत्रकार सम्मेलन गर्दै प्लिउनले यस्तो आरोप लगाएका हुन् ।

    यस्तै उनले ङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले के गर्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

    ‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय गर्‍यौँ। राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय गर्‍यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ’, प्रसाईंले भने, ‘मानौँ यो अभियानलाई त कस्तो सम्झेको रहेछ भने दुर्गा प्रसाईं पढेलेखेको छैन, बुझ्दैन, जे गर्दा पनि हुन्छ भनेर कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफैँ आन्दोलन गर्ने गर्नुभयो ।’

    उनले आफू राजाको नजिक हुनेभन्दा पनि जनताको नजिक हुने भन्दै राजा र जनताको आँखाबाट आशु झर्न नदिने दाबी गरे।

    प्रसाईंले चैत १५ गते हुने प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने भन्दै गणतन्त्रको अन्त्य नगरी नागरिकले सुख नपाउने दाबी गरे। उनले राजासहितको हिन्दु अधिराज्य कायम गर्न राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष थापाहरूलाई आफ्नो नेतृत्वको अभियानमा सामेल हुन आग्रह गरे। आफू प्रधानमन्त्री र सांसद हुन अभियान नचलाएको प्रसाईंको दाबी छ।