आगामी जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक - Chaitanya News
  • 2026-07-26
  • 00:25:42
  • शनिबार,साउन ०९, २०८३
  • आगामी जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

    आगामी जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

    काठमाडौं– कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो।

    युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन्। मन्त्री चौधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भौतिक रुपमा लोगो र मस्कट अनावरण गरे। लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन्।

    मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सुर्य अंकित छ। मन्त्री चौधरीले लोगो निकै राम्रो बनेको उल्लेख गरे। ‘लोगो निकै आकर्षक छ। कर्णाली प्रदेशको भुगोल र माटोसँग मिल्ने छ’ उनले भने।

    दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ। खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन्।

    सँगै दशौं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ।

    दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३–१० सम्म कर्णाली प्रदेशमा हुने तय छ। खेलकुद प्रतियोगिताको मिति दोस्रोपटक सरेर तेस्रो पटक तोकिएको हो।

    सुरुमा २०८१ मंसिरमा गर्ने तय भएपनि सरेर २०८१ चैतमा पुगेको थियो। त्यसपछि फेरि सरेर २०८२ साल जेठमा हुने तय भएको थियो।