राजावादीलाई ‘प्रचण्डले भने: मूर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ’ - Chaitanya News
  • 2026-05-15
  • 14:33:20
  • शुक्रबार,जेठ ०१, २०८३
  • राजावादीलाई ‘प्रचण्डले भने: मूर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ’

    राजावादीलाई ‘प्रचण्डले भने: मूर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ’

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एव् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन्।

    आज (मंगलबार) काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले राजतन्त्र फर्काउने मूर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन्।

    फेरि अर्को मूर्खता नगरियोस्। नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्डले भने।

    अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने ‘प्रचण्ड’ले बताए।

    ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुन स्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ।