गोकुल बास्कोटाले भने: वामपन्थी जोडाउने सुपरग्लु कुनै कम्पनीले बनाउन नसक्नु एआई युगकै असफलता हो - Chaitanya News
  • 2026-05-15
  • 14:32:55
  • शुक्रबार,जेठ ०१, २०८३
  • गोकुल बास्कोटाले भने: वामपन्थी जोडाउने सुपरग्लु कुनै कम्पनीले बनाउन नसक्नु एआई युगकै असफलता हो

    गोकुल बास्कोटाले भने: वामपन्थी जोडाउने सुपरग्लु कुनै कम्पनीले बनाउन नसक्नु एआई युगकै असफलता हो

    काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले वामपन्थीहरूलाई जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै असफलता भएको बताएका छन् ।

    राजावादीहरू एक हुने प्रयास गर्दा पनि वामपन्थी शक्तिहरू मिल्न नसकेको भन्दै यस्तो व्यङ्ग्य गरेका हुन् ।

    ‘राजावादी जो पश्चगामी हुन एक हुने कुरो सुनिन्छ’ उनले भनेका छन्, ‘तर वामपन्थी जो जन्मजात अग्रगामी हुन तिनलाई मिलाउन जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै चरम असफलता लागो मलाई त। अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्न पर्दैन। अर्को माघमा घरघरमा नवराज राजा आउँछन्।’