काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै नीति नभएको र नहुने बताएका छन् । आज आज (सोमबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार बनाउनेबारे काँग्रेस–एमालेसँग छलफल नै नभएको बताएका हुन्।
काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले त्यसमा सत्यता नभएको बताए। ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि’ उनले भने, ‘सरकारमा जानेबारे ‘औपचारिक कुरा पनि भएको छैन।’
तर सरकारमा रहेका दलहरूसँग सत्य निरूपण तथा मेलमिलाप आयोगको विषयमा भने छलफल हुने गरेको ‘प्रचण्ड’ले बताए।