काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन्।
आज (सोमबार) ‘ग्लोबल मनी विक’को पहिलो दिन आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरिएको समेत बताए।
राष्ट्र बैंकले वित्तीय साक्षरतालाई पनि प्रमुख एजेन्डाका रूपमा लिएको बताएका छन्। बाल्यकालदेखि नै बचतको बानी विकास गर्नुपर्ने र यससम्बन्धी शिक्षा विद्यालय तहमा जरुरत रहेको अधिकारीले बताए।
पछिल्लो समय डिजिटल कारोबार बढिरहेको छ। विकसित डिजिटल ट्रान्सफर्मेसनमा राष्ट्र बैंक सन्तुष्ट रहेको उनले बताए। यद्यपि डिजिटल कारोबारका क्रममा नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए। डिजिटल कारोबारका क्रममा सचेत नहुँदा ठगीमा पर्न सक्ने जोखिम रहेको अधिकारीले बताए।