काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने समेत बताए । सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको पनि बताए।
उनले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो। देश पूर्णरुपमा असफल भइसक्यो। देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन्। त्यसैतर्फ जाउँ। असफल भएको गणतन्त्र हटाउँ।