मंगलबार सेयर बजार ४.८७ अंकले घट्यो - Chaitanya News
  • 2026-04-30
  • 05:51:59
  • बिहिबार,बैशाख १७, २०८३
  • मंगलबार सेयर बजार ४.८७ अंकले घट्यो

    मंगलबार सेयर बजार ४.८७ अंकले घट्यो

    काठमाडौं– मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो।

    उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ। यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो।

    आज जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन्। आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाउन पुगेका छन्। आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको ५८० कित्ता सेयर कारोबार भएको छ।