काठमाडौँ– आज (आइतबार) दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअन्तर्गत बिहान ८ बजेदेखि बसीरहेको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ।
यसैगरी,दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैङ्किङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूचि रहेको छ।