वुमन्स डे कपमा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै - Chaitanya News
  • 2026-11-17
  • 08:57:11
  • मंगलबार,मंसिर ०२, २०८३
  • वुमन्स डे कपमा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै

    वुमन्स डे कपमा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै

    काठमाडौँ– युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्।

    एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ। नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ।

    हालसम्म खेलेका पाँचमध्ये नेपाल चार खेलमा पराजित भएको छ। यससँगै नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ। नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ।

    नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ। आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ। नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ।

    शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो।