काठमाडौँ– आज (आइतबार) पनि तीन संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअन्तर्गत आज बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमाभन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ। बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्था बारेमा छलफल हुने कार्यसूचि रहेको छ।