काठमाडौँ– आज (बुधबार) बिहान बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
जसअनुसार आजको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ु प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
योसँगै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति माग्ने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने लगायतका विषय कार्यसूचीमा उल्लेख छ।
![]()