विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ? भन्दै सरकारलाई सांसद केसीको प्रश्न - Chaitanya News
  • 2026-05-15
  • 15:46:10
  • शुक्रबार,जेठ ०१, २०८३
  • विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ? भन्दै सरकारलाई सांसद केसीको प्रश्न

    विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ? भन्दै सरकारलाई सांसद केसीको प्रश्न

    काठमाडौँ– सत्तापक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारलाई विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ भन्दै प्रश्न गरेका छन्।

    आज (मंगलबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सरकारलाई विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।

    यस्तै उनले भने सभामुख महोदय यो विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? नेपाल भूकम्प, बाढीपहिरो र आगलागीजस्ता प्राकृतिक प्रकोपको अत्यन्त जोखिममा छ। यसलाई ध्यानमा राखेर हामीले विपद् व्यवस्थापन प्राधिकरण गठन पनि गर्‍यौ’, उनले भने, ‘तर यसले राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा पनि लगायौँ तर प्राधिकरण कहाँ छ थाहा छैन।’