ऊर्जा मन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट, कुनकुन विषयमा भयो छलफल ? - Chaitanya News
  • 2026-11-17
  • 09:26:00
  • मंगलबार,मंसिर ०२, २०८३
  • ऊर्जा मन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट, कुनकुन विषयमा भयो छलफल ?

    ऊर्जा मन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट, कुनकुन विषयमा भयो छलफल ?

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोको भेतवार्ता भएको छ ।

    आज (मंगलबार) सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो। युरोपियन युनियनले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रूपमा सहयोग गर्दै आएको छ।

    भेटमा ऊर्जा मन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएको उर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ। उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

    मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरूको महत्त्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे। उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेस भइसकेकाले चाँडो पारित हुने बताए।