दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि - Chaitanya News
  • 2026-05-15
  • 15:45:41
  • शुक्रबार,जेठ ०१, २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    काठमाडौँ– आज (मंगलबार) दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैंकिंग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने छ।

    यसैगरी, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।