प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 15:46:10
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (मगंलबार) मध्याह्न १:०० बजे संघीय संसद्, प्रतिनिधि सभाको बस्ने तय भएको छ। आजको बैठकमा सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।

    यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

    आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ। वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन्।