काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका ४ विधेयकहरूलाई प्रमाणित गरेका छन्। आज (सोमबार) दाहादले ४ विधेयकहरूलाई प्रमाणित गरेका हुन्।
उनले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलवार राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० विद्युतीय व्यापार विधेयक, २०८० विधायन सम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन्।
विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ।