पूर्वराजा ज्ञानेन्द्र शाहलाई माओवादीले भन्यो, ०३७, ०४६, ०६२०६३ र ०७७–०७८ साल सम्झिनू - Chaitanya News
  • 2026-05-15
  • 15:46:11
  • शुक्रबार,जेठ ०१, २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई माओवादीले भन्यो, ०३७, ०४६, ०६२०६३ र ०७७–०७८ साल सम्झिनू

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई माओवादीले भन्यो, ०३७, ०४६, ०६२०६३ र ०७७–०७८ साल सम्झिनू

    काठमाडौं– आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०३७, ०४६, ०६२र०६३ र ०७७र०७८ साल सम्झिन सुझाएको छ।

    प्राप्त गरेको अधिकार खोस्नेगरी हुने गतिविधिमा जनताको साथ नहुने इतिहास साक्षी रहेको भन्दै माओवादीले निकट विगतको संसद् विघटन गरेपछिको परिस्थितिसम्म सम्झिएर आफ्ना कदम अगाडि बढाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सन्देश दिएको हो।

    ‘यही केपी ओलीकै नेतृत्वमा भएको सरकारले अथवा केपी ओलीजीले दुई–दुई पटक झम्टीझम्टी प्रतिनिधि सभा विघटन गर्नुभएको थियो,’ पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘त्यसलाई हामीले पुनर्स्थापना गर्‍यौं। त्यो जनताले साथ दिएर भएको हो।

    तत्कालीन ओली नेतृत्वको सरकारले ५ पुस २०७७ र ८ जेठ २०७८ मा प्रतिनिधि सभा विघटन गरेको थियो। दुवै पटक सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो।

    त्यसबेला शीर्ष नेताहरू जनतासँगै सडकमा बसेर विरोधमा उत्रिएका थिए । त्यसबेला नागरिकको उपार साथ रहेको सापकोटाले बताए।

    पूर्वराजालाई त्यसबेलाको परिस्थिति ख्याल गर्न सुझाउँदै सापकोटा भन्छन्, ‘त्यसबेला शीर्ष नेताहरू पनि सडकमा बसे। हामीले धेरै कडा अडान लियौं। तर मुख्यत जनता हो।

    नेपालमा भएका राजनीतिक परिवर्तनमा सँधै जनता साथमा रहेको ख्याल गर्न सापकोटाले सुझाए।