वुमन्स डे कपमा नेपालको रोमाञ्चक जित - Chaitanya News
  • 2026-09-30
  • 02:27:00
  • मंगलबार,आश्विन १३, २०८३
  • वुमन्स डे कपमा नेपालको रोमाञ्चक जित

    वुमन्स डे कपमा नेपालको रोमाञ्चक जित

    काठमाडौं– युगाण्डामा जारी वुमन्स डे कप टी–२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जितसँगै यगाण्डालाई १ विकेटले हराएको छ।

    युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन्।

    कुनै समय ३९(२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०(४, ५६–५, ६८–६, ६९–७, ६९–८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो। अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए।

    युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन्।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो।

    नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन्।