काठमाडौँ– राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । आज (आइतबार) राष्ट्रिय सभाको बैठकमा बोेल्दै उनले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन्।
यस्तै उनले शिक्षकहरूलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरूका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए। उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरू आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ।
उनले भने, ‘देशभरका शिक्षकहरू आन्दोलनमा छन्। संवादको माध्यमबाट उनीहरूको समस्यालाई समाधान गरौँ। धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन।