सुरक्षा व्यवस्थाबारे अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल - Chaitanya News
  • 2026-11-17
  • 09:45:21
  • मंगलबार,मंसिर ०२, २०८३
  • सुरक्षा व्यवस्थाबारे अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल

    सुरक्षा व्यवस्थाबारे अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल

    काठमाडौँ– नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुलुकको सुरक्षा अवस्थाबारे गृह सचिवलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिइरहेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित मुख्यसचिव समक्ष अहिले गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (आइजिपी) हरू, काठमाडौं उपत्यकाको सुरक्षा हेर्ने प्रमुख, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा प्रहरी प्रमुखहरू सुरक्षा अवस्थाबारे जानकारी गराइरहेका छन्।

    यो नियमित ब्रिफिङकै निरन्तरता भए पनि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै विस्तृत छलफल भइरहेको छ। विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनका क्रममा राजावादी समूहले गर्ने स्वागत, प्रदर्शन र र्‍यालीलाई दृष्टिगत गर्दै सुरक्षा रणनीति मजबुत बनाउने विषयमा छलफल केन्द्रित छ।

    पूर्व राजा शाह पोखराको भ्रमण सकी आज दिउँसो हवाई मार्ग हुँदै काठमाडौं आउँदै छन्। उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपालसहित विभिन्न दल र संघसंस्थाहरूले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। राजावादी समूह विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म सडक किनारामा उपस्थित रहने र र्‍यालीसहित उनलाई निर्मल निवाससम्म पुर्‍याउने कार्यक्रम बनाइएको छ।