च्याम्पियन्स ट्रफीमा उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:35:55
  • शुक्रबार,जेठ २२, २०८३
  • च्याम्पियन्स ट्रफीमा उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै

    च्याम्पियन्स ट्रफीमा उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै

    काठमाडौँ– आइसीसी च्याम्पियन्स ट्रफीको आज हुने फाइनल खेलमा भारत र न्युजिल्याण्ड भिड्ने भएको छ ।

    खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो २स्४५ बजेदेखि सुरु हुनेछ। सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै दुई टोली फाइनलमा प्रवेश गरेका थिए।

    च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ‘ए’ मा थिए। भारतले समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एक पटक आमनेसामने हुने छन्।