प्रधानमन्त्रीले भने: ढुक्क हुनुहोस् यो सरकार ०८४ सालसम्म चल्छ - Chaitanya News
  • 2026-05-15
  • 15:46:24
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रधानमन्त्रीले भने: ढुक्क हुनुहोस् यो सरकार ०८४ सालसम्म चल्छ

    प्रधानमन्त्रीले भने: ढुक्क हुनुहोस् यो सरकार ०८४ सालसम्म चल्छ

    सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म जाने बताएका छन्।

    आज (शुक्रवार) कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने अहिलेका दुई ठुला पार्टी बनेर सरकार बनेको हो । साधारण अवस्थामा सरकार बनेको हैन । अब १६ महिना मैले सरकार चलाउँछु, त्यसपछि शेरबहादुर जीले सरकार चलाउनुहुन्छ। तपाईँहरु ढुक्क हुनुहोस् यो सरकार ८४ सम्म जान्छ।’

    यस्तै उनले राजावादीहरूको आन्दोलनप्रति सङ्केत गर्दै होहल्लाका भरमा सत्ता कब्जा हुन नसक्ने बताए। ‘हा हु.का भरमा सत्ता कब्जा गर्ने, कुन प्रणाली ल्याउन खोजेको हो ? यो संविधान फाल्ने, कस्तो संविधान ल्याउने ? राणा शासनतर्फ फर्कने ?

    ओलीले अहिले गन्तव्यहीन खालका कुराको बाढी आएको बताए । ‘हरेक मान्छे राजा हुन खोज्ने ? संविधानभन्दा माथिका कुरा गर्ने। सामाजिक सञ्जाल हेरि नसक्नु छ। हाम्रो सभ्यता यो हैन, हामी सभ्य देशका नागरिक हौँ, यो संस्कार हाम्रो होइन। जात, धर्म लगायत विभिन्न तरिकाले जनताकाबिच फाटो ल्याउने काम भइरहेको छ।’