अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारद्धारा स्वीकृति - Chaitanya News
  • 2026-05-15
  • 15:45:36
  • शुक्रबार,जेठ ०१, २०८३
  • अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारद्धारा स्वीकृति

    अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारद्धारा स्वीकृति

    काठमाडौँ– सरकारले संघीय संसद्का दुवै सदनबाट स्वीकृत भएका अध्यादेशलाई प्रतिस्थापन विधेयक संसदमा पेश गर्नका लागि स्वीकृति दिएको छ।

    अस्ति (बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा संसदमा पेश गर्नका लागि स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संघीय संसद्का दुवै सदनबाट स्वीकृत भइसकेका छन्।