काठमाडौं– सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने बताएका छन् ।
आज (शुक्रबार) मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताए।
उनले भने, ‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो। जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। एउटा बाँकी छ। ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ। त्यसैले त्यो हराएको छैन।’