लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो : सभामुख घिमिरे - Chaitanya News
  • 2026-05-15
  • 18:02:54
  • शुक्रबार,जेठ ०१, २०८३
  • लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो : सभामुख घिमिरे

    लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो : सभामुख घिमिरे

    काठमाडौं– सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । आज (शुक्रबार) इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ेलोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भने ।

    सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्‍याउने बताए ।