वसन्तपुरमा ठड्याइयो होलीको चीर - Chaitanya News
  • 2025-12-14
  • 22:44:54
  • आइतबार,मंसिर २८, २०८२
  • वसन्तपुरमा ठड्याइयो होलीको चीर

    वसन्तपुरमा ठड्याइयो होलीको चीर

    काठमाडौँ– काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। आज (शुक्रबार) बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो।

    हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीबिरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८स् ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो। यससँगै आजदेखि औपचारिक रूपमा फागु पर्व (होली) सुरु भएको छ।

    हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ।

    चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ।