दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल र राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर - Chaitanya News
  • 2026-05-15
  • 18:02:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल र राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

    दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल र राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौँ– आज (शुक्रबार) पनि सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे बस्ने तय भएको छ।

    यस्तै प्रतिनिधिसभा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्ने कार्यसूची रहेको छ।

    बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

    बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

    यो सँगै राष्ट्रियसभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुने कायसूचि पनि रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ।

    अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।