विराटनगर– आर्मी विराट गोल्डकपको सेमिफाइनलमामा आज एपीएफ र पुलिस भिड्ने भएको छ । विभागीय टोली त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक रिजालको मोरङ ११ लाई १–० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो। तर सफल हुन सकेन। दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ(११ खेल बराबरीमा ल्यान आक्रामक खेले पनि गोल गर्न सकेन।
प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए। उनले नगद ११ हजार पाए।