दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पाँच अध्यादेश पेस हुँदै - Chaitanya News
  • 2026-05-15
  • 18:03:39
  • शुक्रबार,जेठ ०१, २०८३
  • दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पाँच अध्यादेश पेस हुँदै

    दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पाँच अध्यादेश पेस हुँदै

    काठमाडौँ– आज बिहीबार) संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्ने तय भएको छ ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ।

    यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

    यसैगरी बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।