यस्तो छ आजको मौसम - Chaitanya News
  • 2026-09-30
  • 02:26:17
  • मंगलबार,आश्विन १३, २०८३
  • काठमाडौँ– आज देशभरमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    तराईका थोरै स्थानहरूमा हल्का हुस्सु पनि लागेको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।